अबैध मदिरा बरामद गरि नष्ट

0
1045

दार्चुला, कार्तिक १२ गते ।
दार्चुला सदरमुकाम खलंगामा ओसारपसार भइरहेको घरेलु अबैध मदिरा बरामद गरि नष्ट गरिएको छ । बंगाबगडबाट काँटै तर्फ गाडीमा लैजाने क्रममा प्रहरीले चेकजाँच गर्दा १० लिटर अबैध घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
पछिल्लो समय नेपाल प्रहरीले अबैध घरेलु मदिरा बेचबिखन तथा ओसार पसारमा कडाई गरेको छ । मदिराका कारण समाजमा विभिन्न प्रकारका घटनाहरु भइरहेकाले प्रहरीले अबैध मदिरा नष्ट अभियान चलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी पदम बहादुर विष्टको भनाई छ । चालु आर्थिक बर्षमा मात्रै दार्चुला प्रहरीले ठूलो परिणाममा अबैध मदिरा बरामद गरेको छ ।

यो पनि पढ्नुहोसः बरामद गरिएको अवैध मदिरा नष्ट