दार्चुलामा कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेता ठगुन्नाको अन्त्येष्टि

0
1042

दार्चुलाको पार्टी कार्यालयमा १३ दिन सम्म पार्टीको झण्डा झुकाइने ।

दार्चुला, कार्तिक १३ गते ।
दार्चुलामा कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेता बीरबहादुर ठगुन्नाको विहिबार काठमाण्डौ स्थित पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।  विगत तीन बर्ष देखि क्यान्सर पीडित नेकपाका नेता ठगुन्नाको बुधबार केएमसी हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।
ठगुन्नाको विहिबार पशुपति आर्यघाटमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको झण्डा ओढाई सम्मानका साथ अन्तेष्टि गरिएको छ ।
वि.सं. २०१० साल फागुन १३ गते दार्चुलाको नौगाड गाउँपालिकाको सुण्डमुण्डमा जन्मिनु भएका नेता ठगुन्ना दार्चुला जिल्लाको कम्युनिष्ट आन्दोलनका संस्थापक हुन् ।
विद्यार्थी जिवन बाटै कम्युनिष्ट आन्दोलनबाट प्रभावित नेता ठगुन्नाले २०३२ सालमा प्रधानाध्यापकको पदबाट राजिनामा दिएर कम्युनिष्ट आन्दोलनमा होमिएका थिए ।
स्वर्गीय नेता ठगुन्नाले कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा भएको भारतीय अतिक्रमणको समेत आवाज उठाएका थिए ।
शिक्षण पेसा बाट राजीनामा दिई राजनीतिमा लागेका उनी २०४८ सालको निर्वाचनमा दार्चुलाबाट सांसद पदका उम्मेदवार बनेका थिए भने २०५६ सालको निर्वाचनमा पनि जिल्लाबाट सांसद पदमा उम्मेदवार बनेका थिए ।
२०५१ सालमा पनि राष्ट्रबादी स्वर्गीय प्रेमसिंह धामीलाईे निर्वाचनमा सहयोग गरेका उनले पछिल्लो समय २०६४, २०७० र २०७४ को निर्वाचनमा नेकपा केन्द्रिय सदस्य गणेश सिंह ठगुन्नालाई समर्थन गरेका थिए ।
नेकपा नेता एवं अनुशासन आयोग केन्द्रिय सदस्य बीरबहादुर ठगुन्नाको निधनमा नेकपा जिल्ला कमिटिले खलंगामा तथा कमिटिहरुले जिल्लाका विभिन्न स्थानमा शोकसभा गरेका छन् । जिल्लाको कम्युनिष्ट आन्दोलनका अग्रेणी व्यक्ति र अभिभावक गुमाएको नेकपाले अतुलनीय क्षेति बोहोर्नु परेको नेकपा जिल्ला कमिति अध्यक्ष गणेश सिंह खत्रीको भनाई छ ।
दार्चुलामा कम्युनिष्ट पार्टीका संस्थापक नेता ठगुन्नाको शोकमा तेह्र दिनसम्म पार्टीको झण्डा झुकाइने नेकपा अध्यक्ष खत्रीले जानकारी दिनुभएको छ ।