हिकिलामा थप दुई जनामा कोरोना पुष्टि

828

दार्चुला, कार्तिक १५ गते ।
दार्चुलाको दुहु गाउँपालिकामा शनिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुहु गाउँपालिकाको वडा नं २ हिकिलाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । दुहु गाउँपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि उक्त क्षेत्रका ५१ जना कन्टेक्ट टे«सीङमा परेका थिए । जस मध्ये ३९ जनाको रिर्पाेट हिजो नेगेटिभ आएको थियो भने बाकि १२ जना मध्ये आज दुई जनाको कोरोना रिर्पाेट पोजेभिट आएको र १० जनाको नेगेटीभ आएको सूचना अधिकारी कार्कीको भनाई छ । शनिबार कन्टेक्ट टे«सीङमा परेका चार वर्षिय बालिका र १९ वर्षिय एक जना पुरुषमा गरी दुई जनामा कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । दशैका बेला कार्तिक ५÷६ गतेदेखि स्वाब संकलन कार्य बन्द गरिएकोमा शुक्रबारदेखि जिल्लामा स्वाब संकलन गरिएसंगै दुहूँ गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि महाकाली नगरपालिकामा सबैभन्दा कम उमेरको २ वर्षिय बालकमा पनि कोरोना संक्रमण देखिएको सूचना अधिकारी कार्कीको भनाई छ । यो संगै जिल्लाभरी कोरोना संक्रमितहरुको संख्या २ सय ५९ पुगेको छ । तीमध्ये सबैभन्दा बढी महाकाली नगरपालिका १ सय ६४ जना, मार्मा गाउँपालिकाका ४४, शैल्यशिखर नगरपालिकामा १९, दुहूँ गाउँपालिकाका १५, मालिकार्जुनमा ७, ब्याँस र लेकममा समान ५÷५ कोरोना संक्रमित रहेका छन् । तीमध्ये जिल्लाभरी २ सय १ जना निको भएका छन् भने ५८ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । हाल जिल्लाका तीन स्थानीय तहमा मात्रै सक्रिय संक्रमित रहेका छन् । महाकाली नगरपालिका ५०, दुहूँ गाउँपालिकामा ५ र ब्याँस गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य कोरोना संक्रमण देखिएका चार स्थानीय तहमा सक्रिय संक्रमित रहेका छैनन् भने नौगाड र अपिहिमाल गाउँपालिकामा हाल सम्म कोरोना संक्रमित ब्यक्ति भेटिएका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !