विद्यार्थीमाथी यौन दुब्र्यवहारको आरोप लागेका शिक्षक निलम्बित

1074

दार्चुला, कार्तिक ७ गते ।
दार्चुलाको शैल्यशिखर नगरपालिकामा आफ्नै विद्यार्थीमाथी यौत्र दुब्र्यवहारको आरोप लगेका एक जना शिक्षकलाई विद्यालय ब्यवस्थापन समितिले निलम्बन गरेको छ । शैल्यशिखर नगरपालिकाको वडा नं ६ मा रहेको मालिकार्जुन मावि मिलमिलिका प्राविधिक कार्यक्रम संयोजक भुवन पन्तले आफ्नै छात्रामाथी यौन दुब्र्यवहार गरेको अनेरास्ववियु शैल्यशिखरले आरोप लगाएको थियो ।
शिक्षक पन्तमाथी आरोप लागेपछि विद्यालय ब्यवस्थापन समितिले शुक्रबारदेखि निलम्बन गरेको छ भने उक्त घटनाबारे छानविनका लागि छानविन समिति गठन गरेको छ । शैल्यशिखर नगरपालिका वडा नं ६ का वडाध्यक्षको संयोजकत्वमा पाँच सदस्यिय छानविन समिति गठन गरिएको विद्यालय ब्यवस्थापन समिति अध्ययक्ष राजेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
अनेरास्ववियू शैल्यशिखर नगर कमिटिले प्रेस विज्ञप्ती नै जारी गरी आफ्नै छात्रा माथि दुव्र्यबहार गरेको भन्दै आबश्यक कारबाही सहित बखास्त गर्न माग गरेको थियो । अनेरास्ववियू शैल्यशिखर नगर कमिटि इन्चार्ज राजेश विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा छात्रालाई आफूसंग सम्बन्ध राख्नु पर्ने नत्र पास नहुने जस्ता प्रलोभन शिक्षकले देखाएको उल्लेख छ ।
आरोप पुष्टि गर्न छानविन समितिलाई अनेरास्ववियुले पिडीतको नाम दिनुपर्ने विद्यालय ब्यवस्थापन समिति अध्यक्ष धामीको भनाई छ । “हामीले आरोपीलाई बरखास्त गरिसकेका छौ, अब अरोप लगाउनेले आरोप प्रमाणित गरोस” अध्यक्ष धामीले भन्नुभयो । विज्ञप्तीमा छात्राहरु भनिएकाले विद्यालयका सबै छात्राहरुको चरित्रहत्या भएको छ, उहाँले भन्नुभयो । हामीले आरोपीतलाई बरखास्त गरि छानविनको प्रक्रिया अघी बढाएका छौ, झुटा भएमा आरोप लगाउनेले जिम्मा लिनुपर्ने अध्यक्ष धामीको भनाई छ ।
शुक्रबार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले पनि अनेरास्ववियूले पीडित छात्राको नाम सार्वजनिक गर्नुपर्ने र नगरेको भन्दै विद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडित छात्राको नाम विज्ञप्तीमा उल्लेख नहुदाँ विद्यालयका सम्पूर्ण छात्राको चरित्र हत्या भएको विद्यालय व्यवस्थापन समितिको ठहर छ ।
अनेरास्ववियू शैल्यशिखर नगर कमिटि इन्चार्ज राजेश विष्टले भने विज्ञप्तीमा पीडित पक्षको नाम उल्लेख गर्न नहुने भएकाले नगरिएको बताएका छन् । पीडितको नाम विज्ञप्तीमा उल्लेख गर्नुपर्ने सवैंधानिक व्यवस्था नभएको उहाँको भनाई छ । पीडित छात्राको नाम किटान गर्न अनेरास्ववियूलाई पत्राचार गर्ने निर्णय समेत विव्यसले गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !