बरामद गरिएको अवैध मदिरा नष्ट

856

दार्चुला, असोज २५ गते ।
प्रहरीले बरामद गरेको अवैध मदिरा जनप्रतिनिधि र पत्रकारहरुको रहोबरमा नष्ट गरेको छ । महाकाली नगरपालिका क्षेत्रबाट प्रहरीले बरामद गरेको अवैध ४८ लिटर मदिरा आइतबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो ।
मदिराका कारण समाजमा विभिन्न प्रकारका घटनाहरु भइरहेकाले प्रहरीले अबैध मदिरा, तथा गाजा नष्ट अभियान चलाएको उहाँको भनाई छ । दार्चुला प्रहरी प्रमुखका रुपमा पदम बहादुर विष्ट आएपछि अबैध मदिरा नियन्त्रण अभियानले तिब्रता पाएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पछिल्लो तीन महिनाहरुमा विगतका तीन चार आर्थिकबर्षहरुको भन्दा बढी अवैध मदिरा बरामद गरि नष्ट गरेको छ ।
आर्थिक बर्ष २०७५/०७६ मा १ सय ७५ लिटर, आर्थिक बर्ष २०७६/०७७ मा ३ सय ४८ लिटर अवैध मदिरा बरामद गरि नष्ट गरेको दार्चुला प्रहरीले चालु आर्थिक बर्षका तीन महिनामा नै १२ सय ३८ लिटर अवैध मदिरा बरामद गरि नष्ट गरेको छ ।
प्रहरीले बरामद गरेका अवैध स्थानिय मदिरा नष्ट गर्ने गरिएको र ब्राण्डेड मदिरा कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलालाई बुझाउने गरिएको डिएसपी विष्टको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !