चट्याङ लागेर घाइते यार्सा संकलकको उद्धारमा समस्या,,खराब मौसमका कारण हेलिकोप्टर खलंगामै रोकियो

0
278

दार्चुला,जेष्ठ १ गते
दार्चुलामा चट्याङ लागेर घाइते भएका तीनजना यार्सा संकलकको उद्धारका लागि आएको हेलिकोप्टर खलंगामै रोकिएको छ । व्याँस गाउँपालिका–२ हुम्दुङतीमा चट्याङ लागेर घाइते भएका यार्सा संकलकको उद्धारका लागि सोमबार दिउँसो सुखेतबाट आएको हेलिकोप्टर प्रतिकुल मौसमका कारण खलंगामा रोकिएको हो । शनिबार राति व्याँस गाउँपालिका वडा नम्वर २ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुहुँ गाउँपालिका वडा नम्वर २ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नम्वर १ का ३८ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए । उनीहरु आज हुम्दुङती भन्दा ४ किलोमिटर तल आएको बताइएको छ । आइतबारबाटै हेलिकोप्टर माग गरे पनि सोमबार दिउँसो मात्रै हेलिकेप्टर आएको छ । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर घटनास्थल जान नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । घटनास्थल दुम्लिङबाट एक दिनको पैदल दूरीमा पर्छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको हेलिकेप्टर जिल्लास्थित गुरुगोरख गुल्ममा रहेको र मंगलबार बिहान उद्धारका लागि घटनास्थलतर्फ जाने प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो ।