दार्चुलामा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान–प्रदान कार्यक्रम सम्पन्न

211
दार्चुला,वैशाख ३१ गते
दार्चुलामा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान–प्रदानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सुआहारा दोस्रो कार्यक्रमको जिल्ला स्तरीय सिकाई आदान प्रदान कार्यक्रम जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको अध्यक्षतामा आइतबार जिल्ला सदरमुकाममा सम्पन्न भएको हो । कार्यक्रममा सुआहारा कार्यक्रमले स्वास्थ्य तथा पोषणको अवस्थामा गरेको सुधार, गाउँपालिका तथा नगरपालिका अनुसार स्वास्थ्य तथा पोषण सम्वन्धीमुख्य सूचकहरुको अवस्था उपलब्धी र सिकाईका बारेमा सुआहाराका बरिष्ठ पोषण व्यवस्थापक फेमिला सापकोटाले जानकारी गराउनु भएको थियो । त्यस्तै सुआहारा दोस्रो कार्यक्रमको मोडालिटि, मुख्यक्रियाकलाप, प्रतिफल, सिकाई, प्राथमिकता, कार्यक्रमको प्रभाव मुल्याङकन नतिजा र मुख्य प्राथमिकताका बारेमा सुआहाराका बरिष्ठ कृर्षि विज्ञ राम कुमार न्यौपानेले प्रस्तुतिकरण गरेका थिए । सुआहारा दोस्रो कार्यक्रमका लागि ६ करोड, ७८ लाख ५६ हजार ५ सय ८८ रुपैया वजेट रहेकोमा ६ करोड ३९ लाख ८५ हजार २ सय ४९ रुपैया मात्रै खर्च भएको सुआहारा जिल्ला संयोजक नागेन्द्र सिंह धामीले प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बाकी कोभिड १९ का कारण खर्च नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । देशभरका ४२ जिल्लाका ३ सय ८९ स्थानिय तहमा कार्यक्रम लागु भएको थियो । कार्यक्रमका अध्यक्ष एवम समन्वय प्रमुख महादेव बडूले जिल्लामा लागुहुने जतिपनि कार्यक्रमहरु परिवर्तनका लागि हुने भन्दै सुआहाराले पोषणको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको बताउनु भयो । सुआहारा कार्यक्रमले समुदायमा पोषण र सरसफाइको क्षेत्रमा परिवर्तन आएको बताएका छन् । सुआहारा कार्यक्रमले महिला र बालबालिको क्षेत्रमा राम्रो काम गरेकाले आगामी दिनमा सबै शित समन्वय गरेर अगाडी बड्नु पर्ने बताएका छन् । कुखरा पालन, तरकारी खेतीबाट आम्दानीको स्रोत बनाएको र सुनौलो हजार दिनका आमाहरुले पोशिलो खानेकुरामा ध्यान दिएको कार्यक्रममा सहभागिहरुको भनाइ छ । कार्यक्रममा सरोकारवलाहरुले सुआहारा तेस्रो कार्यक्रम संचालनमा आए स्थानिय गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय सँग समन्वय गरेर संचालन गर्नु पर्ने सुझाव दिएका छन् । यसैविच सुआहारा दोस्रो कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने सि आर डि एस नेपाल दार्चुलालाई सम्मानपत्रले सम्मान गरेको छ । कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, स्वास्थ्य कार्यालयका प्रमुख,पत्रकार लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस् !