महाकाली नदिमा बगेर एक किशोर बेपत्ता

0
561
दार्चुला,जेष्ठ १५ गते
दार्चुलाको महाकाली नदीमा बगेर एक किशार बेपत्ता भएका छन् । महाकाली नगरपालिका वडा नम्वर १ धम्पनेराका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् । साथीहरुसँग कलौनस्थित महाकाली नदीमा पौडी खेलिरहेका बेला नदीमा डुबेको र पछि नदीमा बगेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भयो । करिव एक किलोमिटर तल पुलघाट क्षेत्रमा बग्दै गरेको देखिएपनि त्यसपछि भेटाउन नसकिएको उहाँले बताउनु भयो । धामी महेन्द्र नमूना मावि खलंगामा कक्षा १० मा अध्ययनरत छात्र हुन् । बेपत्ता धामीको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको छ ।