जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समिति अध्यक्षमा जोशी

0
581

दार्चुला, चैत्र १७ गते । 

जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समितिको अध्यक्षमा नवनियुक्त दिपकराज जोशीले पदभार ग्रहण गरेका छन् ।

निर्वतमान अस्पताल व्यवस्थापन अध्यक्ष दलजित सिह धामीको कार्यकाल सकिएपछि लामो समय सम्म अस्पतालको व्यवस्थापन समिति रिक्त रहेको थियो । जोशीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा चैत ३ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रपरिषद् बैठकले नियुक्त गरेको थियो । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जोशीले बुधबार पदभार ग्रहण गरेको अस्पताल स्रोतले जनाएको छ ।