दार्चुला सदरमुकाममा एमालेको चुनावी सभा

0
631

दार्चुला, चैत्र १७ गते । 

दार्चुला सदरमुकाम खलंगामा एमालेले विहिबार चुनावी विशाल आमसभाको आयोजना गरेको छ । आमसभामा ३१ जनाले एमाले पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट महाकाली नगरपालिका वडानम्बर ८ बाट वडा सदस्यमा निर्वाचित भएका कल्यानसिह धामीले नेपाली कांग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

उहाँ सहित आजको आमसभामा ३१ जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको नेकपा एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख खडकसिह बडालले जानकारी दिनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका वडासदस्य धामीले नेकपा एमालेको सुखि नेपाली समुद्ध नेपाल भन्ने अभियानलाई सफल पार्न पार्टी प्रवेश गरेको बताउनुभयो ।
नेपाली कांग्रेसले जनताको लागि भन्दा व्यक्तिमुखी समृद्धी कसरी गर्ने भन्नेतर्फ लागेकोले पार्टीमा बस्न नसकिएको उहाँको भनाई छ ।
नेकपा एमाले महाकाली नगरकमिटिले आयोजना गरेको वृहत चुनावी आमसभा सम्पन्न भएको छ । नेकपा एमाले महाकाली नगरकमिटि अध्यक्ष नरसिह चैसिरको अध्यक्षतामा भएको वृहत चुनावी आमसभामा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्ना प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य, हरदेव जोशी,ज्ञानेन्द्र घर्ती, मोहनसिह धामी, राजेन्द्र सामन्त,दुर्गा धामी,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी,उपाध्यक्ष चरनसिह बुढाथोकी अतिथि रहेका थिए । नेकपा एमाले जिल्ला कमिटी सचिव शेरसिह धामीले कार्यक्रमको संचालन गरेका थिए ।

नेपाली कांग्रेस जनतालाई लुट्नकै लागि जन्मेको पार्टी होः पुर्व मन्त्री ठगुन्ना

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस जनतालाई लुट्नकै लागि जन्मेको पार्टी भएको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गणेशसिह ठगुन्नाले टिप्पणी गर्नुभएको छ । नेकपा एमाले महाकाली नगरपालिका कमिटीले आयोजना गरेको चुनावी आमसभामा बोल्दै पुँजीवाद सिद्धान्त बोकेको नेपाली कांग्रेसले जनताको नाममा आएको बजेट लुट्नमा मात्रै केन्द्रित भएकोले नेपाली कांग्रेस लुट्नकै लागि जन्मेको पार्टी भएको ठगुन्नाले दावी गरेका छन् ।

नेकपा एमाले गरिब, निमुखा,अपांगता भएका व्यक्ति, दलित समुदाय, एकल महिला,विधुवा महिला लगायत सबै जनताको पार्टी भएकोले सधैँ जनताको निम्ति काम गर्ने हुँदा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महाकाली नगरपालिका लगायत सबै स्थानीय तहमा नेकपा एमालेलाई विजय गराउन कसैले छेक्न नसक्ने बताउनुभयो ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज समेत रहनु भएका पर्व मन्त्री ठगुन्नाले महाकाली नगरपालिकाले अर्बौ बजेट भ्रष्टाचार गरेको बताउनुभयो । संघिय सरकारले विभिन्न अनुदानमा नगरपालिकालाई वार्षिक ४० करोड भन्दा बढि बजेट उपलब्ध गराएको भएता पनि महाकाली नगरपालिकाले कुनै एउटा कार्य नगरी फर्जि विल भर्पाई बनाई भ्रष्टाचार गरेको सुन्नमा आएको मन्त्री ठगुन्नाले बताएका छन् ।
महाकाली नगरपालिकामा थुप्रै विद्यालय भवन बनायौ भनि प्रचार गरिरहेका छन् तर ति विद्यालय भवन नगरपालिकाको बजेटबाट नभई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट निर्माण भएको दाबी गर्नुभयो ।
नौगाड गाउँपालिकाले आफ्नो भवन बनाउन सक्ने, अपिहिमाल गाउँपालिका आफ्नो भवन बनाउन सक्ने तर महाकाली नगरपालिकाले कर्मचारीको भवनमा आफ्नो डेरा बनाएको उहाँको भनाई छ । नगरपालिकालाई लज्जा भन्ने विषय छकी छैन आफ्नो एक भवन पनि बनाउन सक्ने हिम्मत छकी छैन ? पुर्व मन्त्री ठगुन्नाले प्रश्न गरेका छन् ।
आगामी निर्वाचनमा एमालेलाई विजय गराउन लाग्नुहोस् सवै कार्य जनमुखी हुने बताउनुभयो ।  नेकपा एमालेको नेतृत्वमा रहेको नौगाड गाउँपालिकामा टुहुरा बालबालिकालाई शिक्षा र पालनपोषणको ग्यारेन्टी लिएको छ भने  अपिहिमाल गाउँपालिकाले असाह्य एकल पुरुषलाई भत्ता दिएको स्मरण गराँउदै महाकाली नगरपालिकामा आफ्नो नेतृत्वमा सरकार बने यस्तै जनमुखी कार्य गर्ने बताउनुभयो ।
अर्को प्रशंगमा बोल्दै पुर्व मन्त्री ठगुन्नाले २०४८ सालदेखि पटक पटक कांग्रेसले सरकारमा बस्ने अवसर पाएता पनि जिल्ला विकासमा कुनै योगदान नरहेको दावी गरेका छन् ।
कांग्रेसको नेतृत्वले सामान्य बाटोघाटो समेत निर्माण नगरेको बताउनुभयो । आफ्नो नेतृत्वमा जिल्लामा थुप्रै बजेट विनियोजन गरि विकासका पूर्वाधार निर्माण भइरहेको बताउनुभयो ।
आफू सरकार रहँदा महाकाली करिडोर अन्र्तगत रहेको दार्चुला तिंकर सडक निर्माणका लागि ३ अर्व २७ करोड,दार्चुला दल्लेख पारिगड सडक निर्माणका लागि ६० करोड,गोकुलेश्वर विमानस्थल संचालनका लागि ५० करोड र ५० शैय्या जिल्ला अस्पताल निर्माणका लागि ५० करोड बजेट विनियोजन गरि  अहिले निर्माण भइरहेको बताउनुभयो ।
त्यतिमात्रै नभई दार्चुला विभिन्न ग्रामीण बस्तीमा पम्पीङ खानेपानीको समस्या हल गर्नुका साथै कुणी कुस्काणा खानेपानी आयोजना निर्माण भइरहेको बताउनुभयो ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्वुसिह वोहराले भने विकृति विरुद्ध सवैले आवाज उठाउनुपर्ने बताउनुभयो । नेकपा एमाले समानुपातिक विकास गर्ने पार्टी रहेकोले सवैले एकजुट भएर स्वार्थविहिन ढंगले अगाडी बढ्नुपर्ने बताउनुभयो ।
छिमेकी राष्ट्र भारतले एकतर्फीय ढंगले निर्माण गरीरहेको तटबन्धको बारेमा वर्तमान परमादेशी सरकारले चुइक्क समेत नबोलेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एवं नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको भनाई रहेको छ । वर्तमान सरकार भारतका अगाडी लम्पासार भएर केहि नबोलेको बताउनुभयो ।
वर्तमान सरकारमा दार्चुलाबाट एउटा व्यक्ति क्यावीनेट मन्त्री हुँदा सरकार हुदा पनि  भारतले निर्माण गरिरहेको तटबन्ध बारे केहि नबोल्नुले उहाँ भारतको एजेन्ट हुन भन्ने प्रमाणित भइरहेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धामीको भनाई रहेको छ ।
त्यस्तै आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावमा ९ ओटै स्थानीय तह र ६१ ओटै वडामा नेकपा एमालेको झण्डा फरफराउने नेकपा एमाले अध्यक्ष धामीको दावी छ । सवैले टोल टोल र घरमा खट्न निर्देशन दिदै अध्यक्ष धामीले नेकपा एमालेको विजय चाहेर पनि कसैले रोक्न र छेक्न नसक्ने बताउनुभयो ।