छतबाट लडेर गम्भिर घाइते रैखोलाको मृत्यु

0
536
सांकेतिक तस्बीर

दार्चुला, असोज ७ गते ।
महाकाली नगरपालिका वडा नं ७ धापमा घरको छतबाट लडेर घाइते भएका एक जनाको ज्यान गएको छ ।

स्थानिय २५ वर्षीय विरेन्द्र रैखोला वायरिङ गर्ने क्रममा घरको छतबाट लडेपछि गम्भीर घाइते भएका थिए ।
घाइते रैखोलालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । उपचार सम्भव नभएपछि धनगढी लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।