चौतलीचौरमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना

567

दार्चुला, असोज ६ गते ।
महाकाली लोकमार्ग अन्र्तगत चौतलीचौरमा अस्थायी ट्राफिक प्रहरी पोष्टको स्थापना गरिएको छ ।

सडक र सवारीको सुरक्षाका लागि ट्राफिक प्रहरी पोष्टको स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको टोलीले ट्राफिक प्रहरी पोष्टको उद्धघाटन गरेको दार्चुलाका प्रहरी प्रबत्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । मालिकार्जुन प्रहरी चौकीमा बस्ने गरि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा चौतलीचौरमा ट्राफिक प्रहरी पोष्टको स्थापना गरिएको हो । मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीको प्रमुख आतिथ्यतामा पोष्टको उद्धघाटन गरिएको स्थानिय विक्रम सिह धामीले जानकारी दिनुभयो । प्रहरी पोष्टमा दुई जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !