दार्चुलामा १८ बर्ष माथीका सबैलाई कोरोना विरुद्धको खोप लगाइदै

505

दार्चुला, असोज ७ गते ।
दार्चुला सहित देशका १० जिल्लाहरुले १८ बर्ष माथीका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउदैछन् ।

दार्चुला जिल्लाका १८ वर्षमाथिका सबै नागरिकहरुलाई कोरोना बिरुद्धको भेरोशेल खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको भाद्र ३० गतेको बैठकको निर्णय अनुसार दार्चुलाका १८ वर्षमाथिका सबै नागरिकलाई पहिलो मात्राको भेरोसेल खोप लगाउन लागिएको हो । चीनसंग सिमाना जोडिएका हिमाली जिल्लाका १८ वर्ष माथिका सम्पुर्ण नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेपछि दार्चुलामा ४० हजार नागरिकलाई खोप लगाउन लागिएको बताइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार भेरेसेलको ४० हजार डोज खोप जिल्ला पुगेको छ । पहिलो डोजका लागि ४० हजार डोज प्राप्त भएको छ भने बाँकी डोज दोस्रो पटक आउने छ । उक्त खोप असोज १० गतदेखि जिल्लामा रहेका ९० वटा स्वास्थ्य संस्थाबाट खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।
दार्चुलामा हाल सम्म ४० हजार १ सय ७० जनालाई कोरोना विरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !