बैशाखमा हिमपात

0
690

दार्चुला, बैशाख ९ गते ।
बुधबार आएको बर्षा संगै दार्चुलाका विभिन्न उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ब्यास गाउँपालिकाको केन्द्र सुन्सेराको कैचुला बनमा बैशाख महिनामा पहिलो पटक हिमपात भएको स्थानिय पत्रकार मानसिह कुवरको भनाई छ ।

हिउद भरि नपरेको हिउ बैशाखमा देख्न पाउँदा स्थानियहरु दंग परेका छन् । आफुले पहिलो पटक बैशाखमा यस क्षेत्रमा हिउ परेको देखेको पत्रकार कुवँरको भनाई छ । रुख नहुने ब्यासका उच्च हिमाली क्षेत्रमा बैशाखमा हिउँ पर्नु कुनै नौलो कुरा नभएपछि तल्लो गाउँ नजिकको क्षेत्रमा बैशाखमा हिउँ पर्नुले स्थानियहरु दंग परेको उहाँको भनाई छ । ब्यासको कैचुला, पुतरे, दुहु गाउँपालिकाको दाम्दाकोट, थाइसैन, नौगाड, अपिहिमाल तथा मार्मा गाउँपालिकाका उच्च पहाडि क्षेत्रमा समेत हिमपात भएको छ । हिमपात भएसंगै चिसो बढेको छ । विगतमा बैशाखमा गर्मी हुने भएपनि यस पटक चिसोले आगो ताप्नु परिरहेको सुन्सेराका स्थानिय भोज राज भट्टको भनाई छ । हिउँद भरि पानी नपर्नुले हिउदे बाली राम्ररी फल्न नसकेपनि हिमपात र बर्षाले बर्खे बाली राम्रो फल्ने भन्दै कृषकहरु खुसी भएका छन् । मकै छर्ने तथा खुर्सानी लगाउने बेला भएको बेला पानी पर्नुले राम्रो फल्ने आसमा कृषकहरु हर्षित भएको सुन्सेराबाट नयाँ नेपाल सहकर्मी मान सिह कुवरले खबर पठाउनुभएको छ ।