चट्याङ पर्दा खच्चर मरे

0
713
सांकेतिक तस्वीर

दार्चुला, बैशाख १० गते ।
गए राती परेको चट्याङले मालिकार्जुन गाउँपालिकाको न्वालपानीमा एक स्थानियका तीन वटा खच्चरहरु मरेका छन् ।

राती करिब ९ बजे तिर परेको चट्ङले मालिकार्जुन गाउँपालिका वडा नं २ न्वालपानीका स्थानिय अर्जुन धामीका घर बाहिर बाधेर राखेका तीन खच्चरहरु मरेको र एक खच्चर गम्भीर घाइते भएको स्थानिय शेर सिह रावतले जानकारी दिनुभयो । सडक सञ्जालले नजोडीएको न्वालपानी क्षेत्रमा सामानहरु ढुवानी गर्न खच्चरहरुको ब्यवसाय गरिरहेका धामीका खच्चर चट्याङले मर्दा लाखौको क्षती भएको छ । उक्त घटनाबारे प्रहरीलाई जानकारी गराइएको स्थानिय पत्रकार राजेन्द्र सिह विष्टले जानकारी दिनुभएको छ ।