महाकालीले स्वास्थ्य सुरक्षाका सामग्री खरिदका लागि विद्यालयहरुलाई रकम दिने

711

दार्चुला, बैशाख ८ गते ।
विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न महाकाली नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई रकम उपलब्ध गराउने भएको छ ।

कोरोना महामारीको दोस्रो लहर फैलिन थालेकाले विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सामग्रीका लागि प्रति विद्यार्थी हुन आउने खर्च वाफत उक्त रकम दिन लागिएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. विजय भुर्तेलले जानकारी दिनुभयो । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धि सामग्री ब्यवस्थापनका लागि प्रति विद्यार्थी २ सय रुपैयाँ दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण बढ्दो अवस्थामा रहेकाले विद्यार्थीहरुमा संक्रमण फैलिने अवस्थालाई मध्यनजर गरि नगरपालिका भित्र रहेका प्रत्येक विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरि पढाई सञ्चालन गर्न तथा परिक्षाहरु सञ्चालन गराउन महाकाली नगरपालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !