चार दिन देखि अवरुद्ध दार्चुलाको फोन तथा इन्टरनेट सेवा सुचारु

0
843

दार्चुला, चैत्र १३ गते ।

विगत चार दिन देखि दार्चुलामा अवरुद्ध रहेको नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा शुक्रबार मध्यान्हबाट सुचारु भएको छ ।

गत मंगलबार विहान देखि अवरुद्ध भएको दार्चुलाको फोन तथा इन्टरनेट सेवा सुचारु भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
बैतडीको पाटन–खोड्पे क्षेत्रमा अप्टिकल फाइबर काट्दा दार्चुलामा फोन तथा इन्टरनेट सेवा अबरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । चार दिन देखि दार्चुला जिल्ला भरिको फोन तथा इन्टरनेट अवरुद्ध हुदाँ आम नागरिक समस्यामा परेका थिए ।