दार्चुलामा थप तीन जनामा कोरोना पुष्टि , तीन जनाले कोरोना जिते

0
882

दार्चुला, असोज ९ गते ।  
दार्चुलामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली नगरपालिकाका एक जना, मार्मा गाउँपालिकाका एक जना र शैल्यशिखर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
शैल्यशिखर र मार्माका कोरोना संक्रमित ब्यक्तिहरु भारतबाट आएको र हाल क्वारेन्टाइनमा रहेका थिए भने महाकाली नगरपालिकाका कोरोना संक्रमित बाहिरबाट आएको नभई कन्टेक्ट ट्रेसिङमा परेका ब्यक्ति रहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा मार्माका तीन जनाको कोरोना रिर्पाेट पोजेटिभ आएकोमा दुई जना फ्लोअप र एक जना नयाँ संक्रमित रहेको उहाँले बताउनुभयो । सुरुमा मार्माका तिन जना भनिएको भएपछि दुई जना पहिले नै संक्रमित भएकाहरुको रिर्पाेट पुनः पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
सूचना अधिकारी कार्कीका अनुसार कोरोना संक्रमितहरु सबै १९ देखि ४० बर्ष उमेर समुहका पुरुष रहेका छन् । यो संगै दार्चुलामा सक्रिय कोरोना सक्रमितको संख्या २७ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा हाल सम्म २ हजार ७ सय ३४ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन भएको छ । जसमध्ये २ हजार ६सय ८८ जनाको कोरोना परिक्षणको नतिजा आएको छ । जसमा कुल ८४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसै गरि पछिल्लो २४ घण्टामा महाकाली नगरपालिकाका एक जना र शैल्यशिखरका दुई जना गरि दार्चुलाका तीन जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

( स्वास्थ्य कार्यालय दार्चुलाको जानकारी अनुसार पाँच जनामा कोरोना पुष्टि लेखिएकोमा पछिल्लो जानकारी अनुसार समाचार सच्याइएको छ । )