चीनले लिपुलेक पास नजिकै सैनिक तैनाथ गरेपछि भारतमा तरंग

0
965

दार्चुला, साउन १८ गते ।
चीनले लिपुलेक नजिक सेनाको बटालियन तैनाथ गरेको भारतीय सञ्चार माध्ययमहरुले दाबी गरेका छन् । नेपाल भारत विच उक्त क्षेत्रको विवाद चुलीएका बेला चीनले लिपुलेक पास नजिक थप सैनिक तैनाथ गरेपछि भारत तरंगित भएको छ ।
यसअघि भारतले उपभोग गर्दै आएको यो क्षेत्रलाई हालै नेपालले आफ्नो नक्सामा समेटेको थियो । नेपाल र भारतबीच विवाद रहेको यो क्षेत्रमा चीनको हस्तक्षेप हुन सक्ने संकेत देखिएपछि अहिले नयाँ दिल्लीमा तरंग आएको छ । यो क्षेत्र नेपाल भारतबीच विवादित त छ नै, चीनको पनि सीमा नजिकै पर्छ ।
नेपाली स्रोतले भने लिपुलेक नजिक चीनले सेना तैनाथ गरेको विषयमा जानकार नभएको प्रतिक्रिया दिएको छ । भारतीय मिडिया बेकारको हल्ला गरिरहने भएकाले उनिहरुको विश्वास नभएको नागरिकहरुको पनि प्रतिक्रीया छ ।
भारतीय मिडियाले भने जनमुक्ति सेनाको यो गतिविधिलाई चीनले भारतलाई स्पष्ट सन्देश पठाउन खोजेको रुपमा विश्लेषण गरेका छन् ।

नेपालले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो हुने भएकोले यो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो । तर, भारतले भने नेपालले चीनको आडमा यी क्षेत्र समेटेर संशोधित नक्सा जारी गरेको दावी गर्दै आएको छ । भारतको यही बुझाइका कारण उसले अहिलेको चीनको गतिविधिलाई पनि नेपाललाई ‘ब्याकअप’ दिने र भारतलाई पछि हट्न दबाब दिने संकेतको रुपमा बुझेको छ । यो बुझाइपछि नयाँ दिल्लीमा अहिले लिपुलेकमा चीनको हस्तक्षेप हुने आशंकाले नयाँ तरंग आएको छ ।