लिपुलेक सिमाक्षेत्रमा भारतीय सुरक्षा एजेन्सीका कमाण्डीङ अफीसरको भ्रमण

0
1926

दार्चुला, साउन १९ गते ।
अतिक्रमित नेपाली भूमि लिपुलेकमा भारतीय सुरक्षा एजेन्सीका कमाण्डीङ अफिसरले भ्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
भारतीय सञ्चामाध्यमहरुले स्रोतको जानकारी उल्लेख गर्दै लिपुलेक नजिक चीनले एक हजार सेनाको बटालियन तैनाथ गरेको दाबि गरिरहेका बेला कमाण्डीङ अफिसरले लिपपुलेकको भ्रमण गरेको बताएका छन्।
भारतले लिपुलेक देखि नाबिढाङको सिमानामा हजारौको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । केन्द्र सरकारलाई लिपुलेक सिमा क्षेत्रको हरेक जानकारी दिने काम भइरहेको समाचारमा उल्लेख छ ।
धार्चुला देखि कालापानी सम्मको सिमामा एसएसबीको संख्या बढाई सिमा क्षेत्रको निगरानी गरिरहेको बताइएको छ ।
तिन महिना पहिले पनि लिपुलेक क्षेत्रमा चीनीया सेनाले झण्डा फहराएर भारतीय सेनालाई चेतावनी दिएको भारतीय सञ्चारमाध्ययमहरुले जनाएका थिए ।
भारतले बर्र्षाै देखि अतिक्रमण गरेको भू–भाग नेपालले आफ्नो नक्सामा समेटेपछि भारत तरंगित भएको छ । नेपालले पनि सिमा क्षेत्रको निगरानीका लागि छाङरुमा सशस्त्र प्रहरी बलको विओपी तैनाथ गरेको छ भने कौवा र तिंकर क्षेत्रमा पनि विओपी स्थापना गर्ने तयारी भइरहेको छ ।