५५ करोड ६७ लाख विकासे बजेट मध्ये असारमा मात्रै १२ करोड ६० लाख बढी खर्च

0
831
फोटोः दार्चुला सदरमुकाममा असारको झरीमा विकास निर्माणको कार्य हुदै

असारमा सबै भन्दा बढी बजेट खर्च महाकाली नदी नियन्त्रण आयोजनाले गर्यो 

साउन ४ गते, दार्चुला ।
आर्थिक बर्ष २०७६/०७७ मा दार्चुला जिल्लालाई संघ बाट प्राप्त ५५ करोड ६७ लाख ८३ हजार २ सय ५७ रुपैया मध्ये असारमा मात्रै १२ करोड ६० लाख ६९ हजार ६९ हजार ४ सय ३९ रुपैयाँ खर्च भएको छ । भने २५ करोड ७२ लाख ९८ हजार १ सय रुपैया फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाको प्रतिबेदन अनुसार असार मसान्तमा सबै भन्दा बढि रकम महाकाली नदी नियन्त्रण आयोजनाले खर्च गरेको छ । आयोजनाले असार मसान्तमा ६ करोड १४ लाख ७५ हजार ३ सय १६ रुपैया खर्च गरेको छ ।
कुल पुजीगत बजेट १६ करोड ३५ लाख ७८ हजार रहेको महाकाली नदी नियन्त्रण आयोजनाले आर्थिक बर्ष भरि १४ करोड ७ लाख १५ हजार ५ सय ४५ रुपैयाँ खर्च गरेको छ । भने २ करोड २८ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाको प्रतिबेदनले देखाएको छ ।
दार्चुला तिंकर सडक आयोजनाले पनि असारमा ४ करोड २२ लाख ८५ हजार ४ सय ६६ रुपैयाँ बजेट खर्च गरेको छ । कुल पुजीगत बजेट ३२ करोड ६० लाख रहेको आयोजनाले आर्थिक बर्ष भरि १० करोड ६५ लाख ३० हजार ७ सय ६१ रुपैया ५२ पैसा मात्रै खर्च गरको छ । भने २१ करोड ९५ लाख भन्दा बढी रकम बजेट फ्रिज गएको छ ।
त्यसैगरि स्थानियतहहरुमा संघबाट प्राप्त भएको विकासे बजेट असार महिनामा सबै भन्दा बढी मालिकार्जुन गाउँपालिकाले गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय दार्चुलाको तथ्याङ्क छ । गाउँपालिकाले असार महिनामा ४२ लाख ६० हजार ३ सय ३१ रुपैया बजेट खर्च गरेको छ । मालिकार्जुन गाउँपालिकालाई प्राप्त भएको कुल बजेट ५१ लाख ८४ हजार रहेको छ भने गाउँपालिकाले आर्थिक बर्ष भरि ५१ लाख ८३ हजार १६ रुपैयाँ बजेट खर्च गरेको छ ।
अपीहिमाल गाउँपालिकाले संघ बाट प्राप्त भएको बजेट असार महिनामा २ लाख ४ हजार बजेट खर्च गरेको छ । गाउँपालिकालाई प्राप्त भएको कुल बजेट २० लाख ६ हजार मध्ये आर्थि बर्ष भरि २० लाख ४ सय रुपैया खर्च गरेको छ ।
शैल्यशिखर नगरपालिकाले संघ बाट प्राप्त भएको १ लाख ८४ हजार बजेट असार महिनामा मात्रै खर्च गरेको छ ।

दुहु गाउँपालिकाले संघ बाट प्राप्त भएको कुल १ लाख ८४ हजार बजेट मध्ये १ लाख ८२ हजार ८ सय ८५ रुपैयाँ असार महिनामा खर्च गरेको छ ।
महाकाली नगरपालिकालाई प्राप्त भएको २ लाख ६ हजार मध्ये असार महिनामा २ लाख ४ सय बजेट खर्च गरेको छ ।
ब्यास गाउँपालिकालाई प्राप्त २ लाख ६ हजार बजेट मध्ये १ लाख १ हजार ९ सय ३० रुपैयाँ असार महिनामा खर्च भएको छ ।
नौगाड गाउँपालिकालाई प्राप्त २ लाख ६ हजार बजेट मध्ये ९६ हजार बजेट असार महिनामा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
लेकम गाउँपालिकालाई प्राप्त १ लाख ८४ हजार मध्ये ७० हजार बजेट असार महिनामा खर्च गरेको छ भने सबै भन्दा कम मार्मा गाउँपालिकाले असार महिनामा संघ बाट प्राप्त २ लाख ६ हजार पुजीगत बजेट मध्ये १५ हजार मात्रै असार मसान्तमा खर्च गरेको छ भने आर्थिक बर्ष भरि सबै बजेट खर्च गरेको कोष तथा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले कुल प्राप्त बजेट २ करोड ८ लाख ९७ हजार मध्ये असार महिनामा मात्रै ६६ लाख ५७ हजार ७२ रुपैया खर्च गरेको छ । आर्थिक बर्ष भरि कार्यालयले १ करोड ७२ लाख ३८ हजार ८ सय ५८ रुपैया खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।
अपिनम्पा संरक्षण क्षेत्र कार्यालयले १ करोड ६२ लाख ३० हजार विकासे बजेट मध्ये असार महिनामा ६४ लाख ३७ हजार २ सय १५ रुपैयाँ बजेट खर्च गरेको छ भने आर्थिक बर्ष २०७६/०७७ भरि १ करोड ५९ लाख ७४ हजार ४ सय ६६ रुपैयाँ बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
संघ बाट जिल्ला भरि प्राप्त कुल पुजीगत बजेटको ५३ दशमलब ७८ प्रतिशत मात्रै खर्च भएको छ भने चालु तर्फ कुल बजेटको ९७ दशमलब ५० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका प्रमुख भुपाल सिहँ कार्कीले जानकारी दिनुभएको छ ।