सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा निकायविच छलफल

0
956
भारतको जोलजिविमा बसेको नेपाल र भारतका सुरक्षाकर्मीहरुको बैठक

बिरा दत्त भट्ट,

दार्चुला, चैत्र १८ गते । नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायहरु विच छलफल गरिएको छ ।
मंगलबार भारतको सीमावर्ती बजार जोलजोवीमा नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको सीमावर्ती क्षेत्रका निकायहरु विच छलफल गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुबै देशका सुरक्षा निकायविच समन्वय र सहकार्य हुनुपर्नेमा दुबै देशका सुरक्षा नियकाय एकमत रहेका छन् ।
मुुख्य गरि सीमावर्ती क्षेत्रमा हुने विभिन्न किसीमका अपराधिक क्रियाकलाप नियन्त्रण तथा पछिल्लो समय कोरोनाको जोखिम बढीरहेको अवस्थामा अपनाउनुपर्ने सुरक्षा सावधानी लगायतका विषयमा मिलेर काम गर्ने विषयमा छलफल भएको जिल्ला प्रहरी प्रमुख भट्टको भनाई छ ।
प्रत्येक महिनामा सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीहरु विच हुने नियमित बैठक अन्र्तगत जोलजिविमा भारतीय सुरक्षा निकायका प्रमुखहरु संग छलफल गरिएको उहाँको भनाई छ । सीमा क्षेत्रमा एक अर्काे देशका नागरिकहरुको आवतजावत, पुलमा हुने आवतजावत लगायतका विभिन्न कठिनाई लगायतका विषयहरुमा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।
सीमाबाट हुने लागुऔषध ओसारपसार नियन्त्रण, मानव बेचविखन नियन्त्रण लगायत विविध अपराधिक क्रियाकलापहरु विरुद्ध दुबै देशका सुरक्षा निकायविच समन्वय हुन सकेमा सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिमा कमी आउने विषयमा दुबै देशका सुरक्षाकर्मीहरु एकमत रहेको डिएसपी भट्टको भनाई छ ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपती एसपी नरेन्द्र बमं, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, सशस्त्र विओपी दत्तुका प्रमुख शंकर धानुक, विओपी जोलजिविका प्रमुख मथुरा भट्ट, विओपी लालीका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
एसएसबी ५५ वी वाहिनी एंचोलीका कार्यबाहक कमाण्डेन्ट माधव चन्द्र घोेषको अध्यक्षतामा बसेको दुबै देशका सुरक्षा प्रमुखहरुको बैठकमा भारतको पिथौरागढका सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।