भारतले महाकाली नदिमा बनाइरहेको तटबन्धको नेपाल–भारतका नापी अधिकृतले स्थलगत अध्ययन गर्ने

799

दार्चुला, चैत्र २३ गते । दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतले स्थलगत अध्ययन गर्ने भएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अप्रिल १२ तारिख अर्थात् यही चैत ३० गते नेपाल र भारतका नापी अधिकृतको टोलीले महाकालीमा बन्दै गरेको पर्खालको स्थलगत अध्ययन गर्ने र त्रुटि भएमा सच्याउन पहल गर्ने बताउनुभयो । भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा पटक–पटक सरकारको आलोचना भएको थियो । त्यसपछि सरकारले गएको पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गरिरहेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । एकतर्फी पर्खाल लगाएको विषयमा भारतसँग कुरा भएको र पर्खाल ठिक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा दुवै देशले संयुक्त अध्ययन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !