लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुलाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

0
861

दार्चुला, चैत्र १८ गते ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिश्ठान दार्चुलाको नियमित बैठक गोकुलेश्वरमा सम्पन्न भएको छ । प्रतिश्ठानका अध्यक्ष मनोज सिह धामीको अध्यक्षतामा बसेको बैठकले नयाँ दुई जना कलाकार मनोनित गर्नुका साथै अन्य विभिन्न निर्णय गरेको संस्थाका सदस्य उपेन्द्र सिह ठगुन्नाले जानकारी दिनुभयो ।
बैठकमा प्रतिष्ठानको भवन निर्माण, भित्तेपात्रो वितरण, निस्कृय सदस्यहरुलाई हटाउने तथा नयाँ सदस्यहरु मनोनित गर्ने प्रस्तावहरु पेस गरिएको थियो । बैठकले प्रतिष्ठानको भवन निर्माणका लागि शैल्यशिखर नगरपालिकालाई जग्गा उपलब्ध गराईदिन अनुरोध गर्ने निर्णय गरिएको छ ।
त्यसैगरि निस्कृय सदस्यहरु कोपीला कार्की, लक्ष्मण महर, प्रकाश विष्ट र लक्ष्मण विष्टलाई सदस्यबाट हटाउने निर्णय गरिएको छ । आजकै बैठकले कलाकारहरु दिपेन्द्र सिह धामी र द्रोपती देबी डागालाई प्रतिष्ठानको सदस्यमा मनोनित गरेको सदस्य ठगुन्नाले जानकारी दिनुभयो ।