सिमानाका बन्द हुदाँ भारतमा ठगीनबाट जोगिए नेपाली

0
1675
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

बिरा दत्त भट्ट, असार १२ गते ।

दार्चुला । कोरोना प्रभावले भारत संग जोडीएका सिमा नाका बन्द हुदाँ नेपाली नागरिकहरु भारतको पिथौरागढ जिल्लाका सिमावर्ती बजारहरुमा ठगीनबाट जोगिएका छन् ।
नेपाल सरकारले २०७६ चैत्र १० गते बिहान १० बजेबाट लागुहुने गरि अन्र्तराष्ट्रिय सिमानाकाहरु बन्द गरेको थियो ।
भारतले जनता कर्फ्युका नाममा चैत्र ९ गते नेपाललाई औपचारीक जानकारी नदिई एकतर्फि रुपमा पुल बन्द गरेको थियो । यस घटनाले भारतमा रोजगारीमा गएका नेपालीहरुलाई स्वदेश भित्रीन समस्या परेको थियो ।
नेपाल सरकारले नै औपचारीक रुपमा सिमा नाका बन्दको घोषणा गरेपछि भारतमा अलपत्र नागरिकहरु ल्याउन मात्रै दार्चुला सदरमुकाम खलगा स्थित झोलुङ्गे पुल र दत्तु स्थित झोलुङ्गे पुल केहि पटक खोलीएका छन् ।
भारतको पिथौरागढ जिल्लाका सिमाबर्ती बजारहरु झुलाघाट, जौलजिवि, बालुवाकोट, धार्चुला लगायतका बजारका ग्राहकहरु नेपाली नैै हुन ।
नेपाली नागरिकहरुले नै उक्त सिमावर्ती बजारको ब्यापार धानेका थिए तर कोरोना प्रभावले सिमानाका बन्द भएपछि भारतीय ब्यापारीहरुको ब्यापार शुन्यमा झरेको छ ।
सिमानाका बन्दले भारतीय सिमावर्ती बजारहरुमा ब्यापार झरेसंगै नेपाली नागरिकहरु पनि ठुलो ठगीबाट जोगीएका छन् ।
नेपाली नागरिकहरुले भारतीय बजारमा कारोबार गर्दा भारतका ब्यापारीहरुले नेपाली र भारतीय मुद्राको विनिमयदर विपरित कारोबार गरि नेपालीहरुलाई ठग्दै आइरहेका थिए ।
हाल भारतसँग नेपालको विनिमयदर १.६० रुपैयाँ छ । अर्थात् १ रुपैयाँ भारु किन्न नेपालीले १.६ रुपैयाँ नेपाली रुपैयाँ तिर्नुपर्छ अथवा हजार रुपैयाँ नेपाली बराबर ६ सय पच्चीस भारतीय रुपैयाँ हुन्छ । सन् १९९३ मा नेपाल र भारत विच भएको उक्त मुद्रा विनिमयदर हाल सम्म स्थिर छ । तर भारतीय बजारहरुमा भने एक हजार नेपाली रुपैयाँलाई ६ सय भारतीय रुपैयाँमा मात्रै कारोबार हुदै आइरहेको छ । यसको साझो अर्थ प्रत्येक एक हजार नेपाली रुपैयामा ४० नेपाली रुपैयाँ भारतीय ब्यापारीहरुले नेपालीहरुलाई ठगीरहेका हुन्छन् । दिनहु हजारौ नेपालीहरु भारतीय बजारमा गएर कारोबार गर्ने गरेको अवस्थामा सिमानाका बन्द हुदाँ हजारौ नेपालीहरु ठगीनबाट जोगिएका छन् ।

यो पनि पढ्नुहोसः सीमानाका बन्द हुदाँ भारतीय रुपैयाँको कारोबार हुन छाड्यो ।

भारतसंगको सिमाना खुला हुदाँ नुन, तेल देखी कपडा समेत भारतीय बजारमा गएर किन्दा नेपालको खलंगा बजारको कारोबार न्युन हुने गरेको थियो । तर अहिले अवस्था ठ्याक्कै फेरिएको छ । भारतसंग सिमानाका बन्दहुदाँ नेपालीहरु नेपालको बजारमै कारोबार गर्न थालेका छन् यसले गर्दा नेपाली बजारमा राम्रो कारोबार भइरहेको दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मगंल सिह ठगुन्नाको भनाई छ । नेपाली रुपैयाँको कारोबार नेपाली बजारमै हुनु राम्रो पक्ष रहेको र सिमानाका बन्दले नेपाल झन् आत्मनिर्भर भएको उहाँको भनाई छ ।
भारत संगको पुल यसरी नै बन्द भए नेपाली बजारमा राम्रो कारोबार हुने र भारतको जस्तो मुद्रा कारोबारमा ठगीन पनि नपर्ने दार्चुला सदरमुकाम खलंगाका ब्यापारी राजेन्द्र बडालको भनाई छ ।

तुइनमा कुटाइखाने प्रबृतीको अन्त्य

दार्चुलाको ब्यास क्षेत्रका नागरिकहरु दार्चुला सदरमुकाम आउन भारतमा मोटरबाटो भएका कारण महाकाली नदीमा तुइन तरेर आउने गरेका थिए ।
महाकालीमा तुइन तरेर आउँदा भारतीय एसएसविको ज्याजती भोग्नुपथ्र्याे सिमानाका बन्द हुदाँ नेपालको बाटो भएर आउदाँ स्वभीनमान उचो भएको ब्यास गाउँपालिका वडा नं ४ का स्थानिय महेश भट्टको भनाई छ ।
दार्चुला सदरमुकामबाट ब्यास क्षेत्र जोड्ने दार्चुला तिंकर सडक एक दशक भन्दा पहिला सुरु भएको भएपनि हाल सम्म ४० किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।
ब्यास क्षेत्रका जनताहरु भारतबाट तुइन तरेर आउने भएकाले जनताहरुलाई दार्चुला तिंकर सडकको त्यति वास्ता नभएका कारण तिंकर सडकले गति नपाउदाँ पनि जनताहरु शान्त रहेको सुन्सेराका स्थानिय पत्रकार मान सिह कुवरको भनाई छ ।
भारतबाट तुइन तरेर जाने ब्यवस्था नभएको भए जनताहरु सडकका लागी आन्दोलन गर्थे होलान् सडक पनि चाडै पुग्थ्यो होला, तर तुइनले गर्दा जनताहरुको ध्यान सडकमा कम पुगेको थियो, उहाँले भन्नुभयो ।
तुइन बन्द भए पछि सुन्सेरा सम्म ट्याकटरहरु चलेर नेपालमा राम्रो रोजगारको सिर्जना भएको उहाँको भनाई छ ।
साथै तुइनबाट तर्ने नेपालीहरुलाई भारतमा जिपचाकहरुले पनि ठग्ने गरेका थिए । भारतको धार्चुलाबाट २० किलोमिटर रहेको तावाघाट सम्म ५० रुपैया भारु टिकट लाग्थ्यो भने तावाघाटबाट ३ देखि ४ किलोमिटर भित्र रहेका डोकट तुइन, मलघट्टे तुइन र बर्ती घाट पुगेको एक सय भारु रुपैयाँ लिने गरेका थिए ।
भारतीयहरुका लागी २० किलोमिटर सम्मको ५० रुपैया भारु टिकट लिदा नेपालीहरुबाट भने ४ किलोमिटरका लागी थप ५० रुपैयाँ भारु लिने गरेका थिए ।
यसरी भारत संगको सिमानाका बन्द हुदाँ नेपालीहरु ठगीन, कुटिन र अपहेलीत हुन बाट जोगीएको नेपाली नागरिकहरुको भनाई छ ।