दार्चुलामा थप ३ जनामा कोरोना पुष्टि

0
1085

दार्चुला, असार १२ गते ।
दार्चुलामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । उनिहरुको आरडीटी पनि पोजेटीभ भएकोले आइसोलेसनमा रहेको बताइएको छ ।
असार २ गते दार्चुलाका २ सय २८ जनामा कोरोना परिक्षणको लागी स्वाव संकलन गरि पठाइएकोमा ३ जनामा पोजेटीभ पाइएको हो ।
जसमध्ये ९५ जनाको रिर्पाेट आउन बाकि रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो संगै दार्चुलामा कोरोना संक्रमितको १५ पुगेको छ । जसमध्ये पहिले संक्रमण भएका १२ जना कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय दार्चुलाले जारि गरेको विज्ञप्ती हेर्नुहोस ।