सिद्ध मावि सिनामा २४ लाखमा खेल मैदान निर्माण गरिदै

0
2112

विरा दत्त भट्ट, दार्चुला
व्याँस गाउँपालिका वडा नम्बर ३ स्थित सिद्ध माद्यमीक विद्यालय सिनामा चालु आर्थिक वर्षमा २४ लाख बजेटमा खेल मैदान निर्माण गर्न लागिएको छ । प्रदेश सरकारको विशेष अनुदान अन्र्तगतको २४ लाख बजेटमा सिद्ध मावि सिनामा खेल मैदान निर्माण गर्न लागिएको वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिँह धामीले बताउनु भयो ।
खेल मैदन निर्माण उपोभोक्ता समिति मार्फत सञ्चालन गरिने छ जसको लागी विहिबार पुस्कर सिँह धामी अध्यक्ष रहने गरि ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सिँह धामीको अध्यक्षता तथा ब्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्ट लगायतको सहभागितामा बसेको बैठकले विद्यालयको फिल्ड निर्माणका लागी उपभोक्ता समिती गठन गरेको वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

आवस्यक फिल्ड नहुदा ब्यास क्षेत्रमा खेलकुद सञ्चालन गर्न खेतहरुमा खेल सञ्चालन गर्नुपर्ने अवस्थामा फिल्ड निर्माण भएपछि खेलकुद क्षेत्रमा प्रगती हुने अपेक्षा रहेको वडाध्यक्ष धामीको भनाई छ ।