जौलजिबीको पुल बन्द गर्न माग

0
2309

विरा दत्त भट्ट, ७ चैत्र दार्चुला
कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै जौलजीबी ब्यापार मण्डलले नेपाल भारत जोड्ने झोलुङ्गे पुल बन्दको माग गरेको छ । आइतबार ब्यापार मण्डल अध्यक्ष धिरेन्द्र धर्मशक्तुको नेतृत्वमा जौलजीबीका ब्यापारीहरुले पुल बन्दको माग गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
ब्यापारीहरुको समुहले पुल बन्दको माग राख्दै धारचुलाका एसडिएमलाई पत्र समेत दिएका छन् ।
बर्तमान समयमा कोरोना संक्रमण फैलीरहेको अवस्थामा नेपाल बाट पनि संक्रमित आउनसक्ने भएकाले तत्काल पुल बन्द गर्नुपर्ने ब्यापारीहरुले माग गरेका छन् ।
साथै नाकामा चिकित्सकहरुको टोली तैनाथ गरी सर्तकताका साथ आवत जावत गर्नेहरुलाई चेकजाच गरिपर्ने ब्यापारीहरुको माग छ ।