सशस्त्र प्रहरीले अवरुद्ध बाटो खोल्यो (फोटो)

0
938

दार्चुला, भाद्र १ गते । दार्चुलाको खलंगा-दल्लेख सडक खण्ड अन्र्तगतको मालबेला क्षेत्रमा पहिरोका कारण अवरुद्ध बनको बाटो सशस्त्र प्रहरीले खुलाएको छ । दार्चुला जिल्ला सदरमुकाममा रहेको सशस्त्र प्रहरीको ४४ नम्बर गणबाट गएको २० जनाको टोलीले बाटो खुलाएको सशस्त्र प्रहरीले जनाएको छ ।
बर्षादका कारण विगत केहि दिनदेखी अवरुद्ध भएको बाटो खुलाउनमा सम्बन्धीत सरोकारवाला निकाय र स्थानिय सरकारले बेवास्ता गरेपछि सोमबार सशस्त्र प्रहरीको टोली बेल्चा, धैटो बोकेर बाटो खुलाउन पुगेको थियो ।
पहिरोका कारण नौगाड क्षेत्रका नागरिक र दार्चुला सदरमुकाम नजिकै रहेको प्रसिद्ध डुङरी मन्दिरमा पुजा गर्न जाने ब्यक्तिहरुलाई समेत समस्या भइरहेको थियो । सशस्त्र प्रहरीको टोलीले पहिरो हटाई बाटो बनाईदिएपछि स्थानियहरु खुसि भएका छन् ।