सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगितामा आर्दश युवा समाज सुन्सेरा विजयी

0
736
प्रतिकात्मक फोटो

दार्चुला, कार्तिक २८ गते । 

दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ लक्सेरीमा आयोजित सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको उपाधी महिला तर्फ धुलिगडा र पुरुष तर्फ सुन्सेराले जितेको छ ।

महादेव बाल क्लब र जनहित युवा समाज लक्सेरीको आयोजनामा कात्र्तिक २३ गतेदेखि सञ्चालित बीरपल परुली धामी स्मृति खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो । उक्त प्रतियोगिताको महिला तर्फ नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगडा प्रथम भएको छ । त्यस्तै द्वित्तिय नौगाड १ लक्सेरी र नौगाड ५ ले तृत्तीय स्थानमा चित्त बुझाएको छ ।

पुरुष तर्फको भलिबल प्रतियोगितामा आदर्श युवा समाज सुन्सेराले प्रथम स्थान हासिल गरेको छ ।  द्वित्तिय स्थान पनि ब्यास गाउँपालिकाकै टीमले जितेको छ । जागरुक युवा समाज तुसरपानी द्वित्तिय र आयोजक लक्सेरी नौगाडले तृत्तीय स्थानमा चित्त बुझाएको छ ।

महिला तर्फ प्रथम, द्वित्तिय र तृत्तीय हुने टीमलाई क्रमशः २५ हजार, २० र १५ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । पुरुष तर्फ प्रथम, द्वित्तिय र तृत्तीय हुने टीमलाई क्रमशः एक लाख एक हजार एक सय एघार रुपैयाँ, ७५ हजार ५ सय ७५ र ५० हजार ५ सय ५५ नगद, सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । पुरुष तर्फ २८ टीम र महिला तर्फ ६ टीमले भलिबल प्रतियोगितामा सहभागिता जनाएका थिए ।