दार्चुलाबाट एमाले महाधिवेशनका लागि १२ जना छनौट

0
617

दार्चुला, कार्तिक २८ गते ।
नेकपा एमालेले दार्चुलाबाट दशौँ महाधिवेशन प्रतिनिधिहरुको टुंगो लगाएको छ । संगठित सदस्यहरुको संख्याका आधारमा दार्चुलाबाट १२ जना महाधिवेशन प्रतिनिधिहरु छनौट गरिएको एमाले दार्चुलाका जिल्ला सदस्य उपेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

एमालेले महाधिवेशन प्रतिनिधिहरुको टुंगो लगाएसंगै आईतबार एक कार्यक्रमका बीच महाधिवेशन प्रतिनिधिहरुको घोषणा गरेको हो । दार्चुलाबाट ६ जना पुरुष, ४ जना महिला र २ जना दलितबाट रहने गरी १२ जना महाविधेशन प्रतिनिधि छनौट गरिएको छ । पुरुष तर्फ जिल्ला कमिटि अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी छनौट भएका छन् । त्यस्तै एमाले मार्मा गाउँकमिटि इन्चार्ज देव सिंह महर र नेता हरदेव जोशी महाधिवेशन प्रतिनिधिमा निर्बिरोध निर्वाचित भएका हुन् ।
महिला तर्फ अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष उर्मिला बोहरा, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष मेनुका अवस्थी, महाकाली नगरपालिकाबाट दुर्गा धामी र दुहूँ गाउँपालिकाबाट गौरी बडाल छनौट गरिएको छ । त्यस्तै दलित तर्फ शैल्यशिखरबाट लालबहादुर विक र लेकम गाउँपालिकाबाट दानीराम पार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । दार्चुला जिल्लामा नेकपा एमालेका ६ हजार ६ सय ७९ जना संगठित सदस्य रहेका छन् ।