भारत तर्फको जोलजिवि मेलाको मुख्यमन्त्री धामीले गरे उद्धघाटन

0
488

दार्चुला, कार्तिक २८ गते ।
महाकाली र गोरी नदीको संगम जोलजिविमा हुने ब्यापारिक मेलाको उद्धघाटन गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशका मुख्य मन्त्री पुस्कर सिह धामीले आईतबार मेलाको उद्धघाटन गरेका छन् ।

भारतमा नोभेम्बर १४ तारेख देखि २४ तारिख सम्म मेला लाग्ने गरेको छ । मेलाको उद्धघाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री धामीले जोलजिवि मेलाले नेपाल र भारतको मैत्री सम्बन्ध अझ बढाउन सहयोग गरेको बताएका छन् । पर्यटकिय र सासंकृतीक महत्व बोकेको यस मेलालाई व्यवस्थित गर्नका लागि सुविधायुक्त बनाइने उहाँको भनाई छ । मुख्य मन्त्री धामीले आगामी बर्ष जोलजिवि मेलाको आयोजनाका लागि पाँच लाख भारु रकम विनियोजन गर्ने घोषणा गरेका छन् ।

नेपाल तर्फ मंसिर १ गते देखि मेला

नेपालको जोलजिविमा मंसिर १ गते देखि ११ गते सम्म मेलाको आयोजना गरिने छ । ‘हाम्रो सान, कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान’ भन्ने मुला नाराका साथ मेला महोत्सव आयोजना गरिएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकेन्द्र सिंह धामीले बताउनु भयो ।
महोत्सवमा स्थानीय देखि राष्ट्रियस्त रका दुई दर्जन कलाकारहरुको प्रस्तुती छ । कलाकार खुमन अधिकारी, अज्जली अधिकारी, राजेन्द्र भट्ट (आर जे), सम्झना भण्डारी, खेम सेन्चुरी, ध्वज महरा, भुमिका गिरी, चेतन बोहरा, अर्जुन कौशल, रमेश राज भट्टराई, प्रवित्रा भन्डारी, भानुभक्त जोशी, सिर्जना खत्री, टंक तिमिल्सेना लगायत कलाकार आउने वडाध्यक्ष धामीले बताउनुभयो ।
महोत्सवमा स्थानीय कला संस्कृति झल्किने नृत्य र झाँकीहरु, हास्य ब्याग्य प्रस्तुती र अन्य कलाकारको प्रस्तुती रहने जनाइएको छ । कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धन गर्न मेला क्षेत्रमा विभिन्न व्यापारीक स्टलहरु र प्रचार सामाग्रीहरु समेत राखिने छ ।
नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जोलजिवि र भारतको जौलजिवि बजारमा लाग्ने यो ऐतिहासिक मेला १ सय ४९ साल पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबैतर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेका थिए ।