विपी स्मृती दिवसको अवसरमा बिरामीहरुलाई फलफुल वितरण

0
920

दार्चुला, साउन ६ गते ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एबं नेपाली काङग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृती दिवसको अवसरमा जिल्ला अस्पत्ताल दार्चुलामा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
नेपाली काङग्रेसका भातृसंगठनहरु नेपाल विद्यार्थी संघ दार्चुला र नेपाल तरुण दलको संयुक्त आयोजनामा विरामीहरुलाई फलफुल वितरण गरेको नेपाल विद्यार्थी संघ दार्चुलाका प्रदेश प्रतिनिधि राजेन्द्र बडालले जानकारी दिनुभयो ।
फलफुल वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघ दार्चुला र नेपाल तरुण दलका पदाधीकारीहरुको सहभागीता रहेको थियो ।  विपी कोइराला प्रजातान्त्रीक जनआन्दोलनका महान नेता एबं नेपाली साहित्यमा विपी कोइरालाका नामले समेत प्रख्यात छन् ।