पस्ती पहिरोका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

0
1123

दार्चुला, साउन ६ गते ।

दार्चुलाको मालिकार्जन गाउँपालिका वडा नं ८ शंकरपुर पस्ती पहिरोमा परि गम्भीर घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरले कोहलपुर मेडिकल कलेज लगेको छ ।
मंगबार विहान ३ बजेतिर माथिबाट घरमा पहिरो खस्दा घाइते भएका ३५ बर्षिय लक्ष्मी ढोली र उहाँकी  १४ बर्षिय छोरी सोनियालाई उपचारका लागी हेलिकोप्टर मार्फत कोहलपुर मेडिकल कलेज लगिएको वडा नं ८ का वडाध्यक्ष पदम राज पन्तले जानकारी दिनुभयो ।


सम्बन्धीत समाचारहरु


साढे तिन बजेतिर पस्ती पुगेको हेलिकोप्टरले घाइते सहित लक्ष्मीका ससुरा नाता पर्ने मदन दर्जीलाई पनि विरामी कुरुवाको रुपमा लगेको छ ।
घटनाका घाइतेहरुको उपचारको लागी तत्काल मालिकार्जुन गाउँपालिकाले ३० हजार रुपैया प्रदान गरेको वडाध्यक्ष पदम राज पन्तले बताएका छन् ।
दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा सासंद गणेश सिह ठगुन्ना, जिल्ला प्रशासन कार्यालय दार्चुला र मालिकार्जुन गाउँपालिकाको पहलमा घाइतेहरुको हेलिकोप्टर बाट उद्धार कार्य सम्पन्न भएको उहाँको भनाई छ ।
उक्त पहिरोमा परि २ जनाले ज्यान गुमाएका छन् भने एक जना सामान्य घाइते भएका छन् ।