वन पैदावार तथा बन्यजन्तु सम्बन्धी गाउँ–गाउँमा जनचेतना मुलक सडक नाटक

0
643

दार्चुला, फागुन २७ गते ।
अपि कला संस्कृती तथा साहित्यिक मञ्चले वन पैदावार तथा बन्यजन्तु संरक्षण सम्बन्धी गाउँ–गाउँमा जनचेतना मुलक सडक नाटक प्रस्तुत गरेको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको आर्थिक सहयोगमा गाउँ–गाउँमा सडक नाटक प्रस्तुत गरिएको अपि कला संस्कृती तथा साहित्यिक मञ्च दार्चुलाका अध्यक्ष उपेन्द्र सिह ठगुन्नाले जानकारी दिनुभयो । फागुन २१ गते मार्मा गाउँपालिकाको लटिनाथ मावि रस्कोटबाट जनचेतनामुलक सडक नाटक प्रस्तुत गरेको अपिकलाले फागुन २३ गते नौगाड गाउँपालिकाको पानीधारा आधारभुत विद्यालय दल्लेखमा, फागुन २४ गते दार्चुला सदरमुकामको बंगाबगडमा, फागुन २५ गते दुहु गाउँपालिकाको गौरिलमाण्डौ मावि हिकिलामा र फागुन २६ गते ब्यास गाउँपालिकाको सम्पाल मावि सुन्सेरामा जनचेतना मुलक सडक नाटक प्रस्तुत गरेको अध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो । जनचेतनामुलक सडक नाटक प्रर्दशनका लागि १० जना कलाकारहरुको टोली गाउँ–गाउँ पुगेको थियो । नाटकमा बन्य जन्तुको संरक्षण, बनपैदावारको संरक्षण, चोरीसिकारी रोकथाम लगायतका जनचेतनामुलक विषयमा नाटक प्रर्दशन गरिएको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।