दार्चुला घर भएका विष्ट सुदुरपश्चिम प्रदेश लोकसेवा आयोग सचिवमा नियुक्त

0
1282

दार्चुला, फागुन २८ गते ।
दार्चुला घर भएका शिक्षा तालिम केन्द्र दिपायल डोटीका तालिम प्रमुख दुर्गादत्त विष्ट सुदुरपश्यिम प्रदेश लोकसेवा आयोगको सचिवमा नियुक्त भएका छन् ।


बुधबार बसेको सुदुरपश्चिम प्रदेशको मन्त्रीपरिषदको वैठकले प्रदेश लोकसेवा आयोगको सचिवमा नियुक्त गरेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश लोकसेवा आयोगमा अध्यक्ष र दुई जना सदस्य सहित ३ सदस्यीय समिति रहने ब्यवस्था छ । विष्टको प्रशासनिक तर्फ नियुक्ती भएको छ ।
आफुले पाएको जिम्मेवारी प्रभावकारी ढंगले अगाडी बढाउने र प्रदेशभरी रहेका स्थानिय तहमा पदपुर्ती गनुपर्ने संख्याको एकिन गरि विज्ञापन खोल्ने प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त विष्टको भनाई रहेको छ । विष्टले विगतमा दार्चुला जिल्ला लगायत विभिन्न जिल्लाहरुमा जिल्ला शिक्षा अधिकारीको जिम्मा सम्हालीसकेका छन्।