शिवरात्रीको अवसरमा धौलाकोटमा भलिबल प्रतियोगिता सञ्चालन गरिदै

0
2014
प्रतिकात्मक फोटो

दार्चुला, फागुन २६ गते ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नं ५ को धौलाकोटमा अध्यक्ष कपको रुपमा जिल्लाकै सार्वाधिक धनराशीको ब्यास गाउँपालिका अध्यक्ष भलिबल कप सञ्चालन गरिने भएको छ ।

शिवरात्रीको अवसरमा गाउँपालिका अध्यक्ष वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन गरिन लागेको ब्यास गाउँपालिका अध्यक्षका स्वकिय सचिव दिपक खातीले जानकारी दिनुभयो ।
खेलको जगेर्ना र खेलाडीको पहिचान गरि खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ब्यास गाउँपालिकाले हरेक बर्ष संचालन गर्दै आएको ब्यास गाउपालिका अध्यक्ष भलिबल कप यसबर्ष महाशिवरात्री पर्वको अवशरमा सञ्चालन गर्न लागेको उहाँको भनाई छ ।
ब्यास गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने उक्त भलिबल प्रतियोगिता स्व.सुरेन्द्र धामी स्मृति प्रतिष्ठानले आयोजना गर्नेछ ।
फागुन २७ गते बाट सञ्चालन गरिने भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमहरुलाई क्रमशः रु ५१ हजार , ३१ हजार र ११ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिने आयोजकले जनाएको छ । वडाको टिमलाई मात्रै समाबेश गराइने उक्त प्रतिगिताका लागि ५ हजार इन्ट्री शुल्क तोकिएको आयोजकले जनाएको छ ।
खेल उद्घाटन समारोहका दिन सुदुरपश्चिमका लोक देउडा गायक तथा हास्य कलाकार भानुभक्त जोशी, देउडा गायिका पुर्णिमा ठगुन्ना, गायक सौगात ओझा र नृत्य कलाकार कोपिला सिहको प्रस्तुति रहने छ ।