लेकम गाउँपालिका प्रवक्ताले पदबाट दिए राजिनामा

0
649

दार्चुला, माघ ०८ गते । दार्चुलाको लेकम गाउँपालिकाका प्रवक्ता महेन्द्र राज जोशीले प्रबत्ताको पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार संयोजकले आफु खुसी इन्ट्री गरेको तथा आफ्नो वडामा बेरोजगार ब्यक्तिहरु उक्त कार्यक्रममा समाबेश हुन नसकेकाले गाउँपालिकाको प्रवक्ताको पदबाट राजिनामा दिएको लेकम गाउँपालिका वडा नं ४ का वडाध्यक्ष महेन्द्र राज जोशीको भनाई छ । रोजगार कार्यक्रममा अनियमितता भएकाले आफुले गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीको टेबलमा राजिनामा पत्र बुझाएको उहाँको भनाई छ । लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले भने आफुलाई राजिनामा पत्र प्राप्त नभएको र उक्त विषय सञ्चार माध्ययममा आइरहेकाले छलफल भइरहेको प्रतिक्रिया दिनुभएको छ । वडाध्यक्ष महेन्द्र राज जोशी नेपाली काङ्ग्रेसबाट विजयी हुन् भने गाउँपालिका अध्यक्ष जोशी नेकपाबाट निर्वाचित हुन् ।