झण्डै आधा महिना देखि मालिकार्जुनमा लगाइएको ताला विना सहमती खोलियो

0
628

दार्चुला, माघ ८ गते । मालिकार्जुन गाउँपालिकाको प्रशासकिय भवन सार्ने निर्णयको विरोधमा विगत १४ दिनदेखि गाउँपालिकामा लगाइएको ताला खोलिएको छ । मालिकार्जुन गाउँपालिकाको प्रशासकिय भवन थक्तोलीमा सार्ने निर्णयको विरोध गर्दै पस्तीका स्थानियहरुले गत पुस २४ गते देखि गाउँपालिकाको प्रशासकिय भवनमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको पक्षसंग विगत केहि दिन देखि निरन्तर वार्ता गर्दा पनि समाधान ननिस्कीएकाले विहबार जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको रहोबरमा उक्त ताला खोलिएको छ । वार्ताबाट समाधान नकिस्कीदा आफुहरुको सहमति विना तला तोडिएको स्थानिय उमेश धामीले जानकारी दिनुभयो । सर्वदलिय पक्षले विना सहमति ताला तोडेपनि आफुहरु कानुनी प्रक्रियामा जाने उहाँको भनाई छ । गाउँपालिकाको प्रशासनिक कामकाज झण्डै आधा महिना देखि ठप्प रहेकाले सहमती विना नै ताला खोलिएको बताइएको छ ।