चमेलिया प्रभावित क्षेत्रमा तीनबर्ष सम्म विद्युत विस्तारमा ढिलाई गर्दा आन्दोलनको बाढी

0
797

बिरा दत्त भट्ट
दार्चुला, माघ ८ गते । दार्चुलाको शैल्यशिखर नगरपालिकामा विद्युतिकरणको माग गर्दै जनप्रनितिधि देखि विद्यार्थी सम्म आन्दोलित भएका छन् । शैल्यशिखर नगरपालिकाको बलाचमा ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले जिल्ला बाहिर विद्युतीकरण भएको अवस्थामा हाल सम्म प्रभावित क्षेत्रमा विद्युतीकरण हुन नसकेको भन्दै विगत चार दिन देखि स्थानिययहरु आन्दोलीत बनेका छन् । २०७४ माघ २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गरेका थिए ।

३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको तत्कालीत प्रधानमन्त्री शेर बहादुर देउवाले उद्धघाटन गरेका थिए ।

 

उद्घाटन गरिएको तीन बर्ष वितिसक्दा समेत चमेलिया प्रभावित क्षेत्रका बस्तीहरुमा विद्युतीकरण हुन सकेको छैन । शैल्यशिखर नगरपालिकाको वडा नं ३ , ४ ५, ६, ७ र ८ का बस्तीहरुमा ठेकेदारको लापरवाहिका कारण हाल सम्म विद्युतीकरण हुन नसक्दा आफुहरु आन्दोलन गर्न बाध्य बनेको संघर्ष समिति संयोजक कृष्ण सिह डागाको भनाई छ ।
आन्दोलीत समुहले बुधबार बेलुकी दार्चुला सदरमुकाम लगायतका क्षेत्रमा आउने शैल्यशिखर नगरपालिकाको वडा नं ५ मा रहेको राष्ट्रिय प्रसारण लाईन अवरुद्ध गर्दा एक दिन देखि दार्चुला सदरमुकाम खलंगा लगायतका क्षेत्रको विद्युत अवरुद्ध भएको छ ।
आर्थिक बर्ष ०७५÷०७६ मा चमेलिया प्रभावित क्षेत्रका बस्तीहरुमा विद्युतीकरणका लागि प्रादेशिक कार्यालय अत्तरीयाबाट विद्युतीकरणका लागि योजनाहरु सञ्चालन गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी कुलदीप सदाले जानकारी दिनुभयो । प्रादेशिक कार्यालयबाटै सञ्चालित योजना भएकाले योजनाको बजेट कार्यक्रम बारे जानकार नभएको उहाँको भनाई छ ।

चमेलिया जलविद्युत आयोजनाको पावर हावस

चमेलिया प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सञ्चालीत योजनाहरुबारे बुझ्न प्रादेशिक विद्युत कार्यालय अत्तरीयामा सम्पर्क गर्दा कार्यालय प्रमुख बाहिर रहेको तथा आफु सरुवा भएर कार्यालयमा आएको एक हप्तामात्रै भएकाले उक्त विषयमा जानकार नभएको सूचना अधिकारी दुर्गा बहादुर खत्रीको भनाई छ ।

 

यसरी ठगिए स्थानिय बासिन्दा

गत मंसिर दोस्रो साता शैल्यशिखर नगरपालिकाको वडा नं ६ पनेवाजमा मालिकार्जुज गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानियहरु ओन्दोलित भएका बेला विभिन्न तीन बुदामा सम्झौता गरि त्यो आन्दोलन स्थगित गरिएको भएपनि हाल सम्म विद्युत विस्तारको कार्य सुरु नभएको वडाध्यक्ष गोपाल सिह धामीको भनाई छ ।
गत मंसिर १५ गते नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरीयाका क्षेत्रिय निर्देशक जगदिश चन्द्र जोशीको मौखीक अनुरोधमा आन्दोलनरत पक्ष र विद्युत प्रनधिकरण वितरण केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख कुलदिप सदा विच विभिन्न तीन बुदामा सम्झौता भएको थियो ।


शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा विस्तार भइरहेका मेनलाईन मंसिर महिना भित्र र शाखा लाईनहरुमा पुस महिना भित्र विद्युत विस्तार गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौता शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी र शंकरपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रेम सिह बोहराको रहोबरमा गरिएको थियो ।

यो पनि पढ्नुहोसः विद्युतीकरण गर्न माग गर्दै महाकाली लोकमार्ग चक्काजाम

सम्झौतामा विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख कुलदिप सदा र आन्दोलीत पक्षका संयोजक जगदिश सिह धामीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पुस मसान्त भित्रै विद्युत विस्तार गरिसक्ने सम्झौता गरिएको भएपनि माघ महिना सुरु भइसक्दा समेत विद्युत विस्तार गर्ने कुनै सुरसार नदेखिएको हालको आन्दोलतरत पक्षको भनाई छ ।

विद्यार्थी देखि जनप्रतिनिधी सम्म आन्दोलित

चमेलिया प्रभावित क्षेत्रमा विद्युत लाईन विस्तारमा ढिलाई गरेको भन्दै विद्यार्थी देखि जनप्रनिधि आन्दोलीत बनेका छन् । विगत देखि ग्रामीण बस्तीहरुमा छिटो छरितो विद्युतीकण गर्न आग्रह गरेपनि लाईन विस्तारमा लापरवाही गर्दा जनताको आन्दोलनलाई एक्यबद्धता जनाएको शैल्यशिखर नगरपालिका वडा नं ६ का वडाध्यक्ष गोपाल सिह धामीको भनाई छ ।
आन्दोलनमा जनप्रनितिधी देखि शैल्यशिखर नगरपालिका क्षेत्रका विद्यालयहरुका विद्यार्थी तथा शिक्षकहरुको समेत सहभागिता रहेको छ । शैल्यशिखर नगरपालिकाका विभिन्न विद्यालयहरुमा आईसीटी कार्यक्रम लागु भएपनि विद्युत नहुदाँ कम्प्युटरहरु थन्क्याएर राख्नु परेको पशुपति भवन माद्यमीक विद्यालयका प्रधानाध्यापक इश्वर सिह धामीको भनाई छ ।
बिहिबारको आन्दोलनमा शैल्यशिखर नगरपालिकाका प्रबत्ता माधव राज भट्ट, वडा नं ५ का वडाध्यक्ष मदन सिह रावल, वडा नं ३ का वडाध्यक्ष गोकर्ण चन्द, वडा नं ६ का वडाध्यक्ष गोपाल सिह धामी लगायत वडा सदस्यहरु सहितका जनप्रनिधिहरुको सहभागिता रहेको छ ।
त्यसैगरि लटिनाथ आधारभुत विद्यालय बरमुडेका प्रधानाध्यापक नरेन्द्र सिह धामी, मालिकार्जुन मावि आगरका प्रधानाध्यापक विरेन्द्र सिह डागा लगायत विद्युतीकरण नभएका विद्यालयहरुका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको छ । विद्युतीकण नहुदाँ आईसीटी लागु भएका पशुपति भवन मावि, मालिकार्जुन मावि, हुनैनाथ मावि, बद्रीनाथ आधारभुत विद्यालय बोहरीगाउँ, मालिकार्जुन मावि काडापारी, भागरथी आधारभुत विद्यालय सेतकलाका विद्यार्थीहरु तथा शिक्षकहरुको समेत आन्दोलनमा सहभागिता रहेको स्थानिय पत्रकार राजेन्द्र साउदले जानकारी दिएका छन् ।
हजारौको संख्यामा रहेका आन्दोनकारीहरुले नाराबाजी गर्दै विद्युत प्राधिकरण र ठेकेदारको विरोध गरेका छन् ।

लाईन विस्तारमा ढीलासुस्ती भएको भन्दै मंसिरमै नगरपालिकाले दिएको थियो यस्तो चेतावनि

शैल्यशिखर नगरपालिका क्षेत्रका विभिन्न बस्तीहरुमा विद्युत विस्तारमा ब्यापक ढिलासुस्ती र लापरवाहि भइरहेको भन्दै शैल्यशिखर नगरपालिकाले गत मंसिरमै विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलालाई पत्राचार गरेको थियो । वडा नं ९ को नक्तड देखि वडा नं ५ र ६ का बस्तीहरु बगौरा, आगर, वडानं ५ को ग्वानी लगायत क्षेत्रका विद्युत विस्तारमा ब्यापक लापरवाही भइरहेको नगरपालिकाको ठहर छ ।

विद्युत विस्तारको कार्य यथासिघ्र अघि बढाउन अन्यथा जनस्तरबाट आन्दोलनका कार्यक्रम भएमा नगरपालिका जवाफदेहि नहुने भन्दै शैल्यशिखर नगरपालिकाले गत मंसिर २८ गते विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलालाई पत्राचार गरेको थियो । अन्तः विद्युतीकरणको हाल सम्म कुनै सुरसार नहुदा शैल्यशिखर क्षेत्रमा आन्दोनको बाढी दैनिक बढीरहेको छ ।

दार्चुलाभरि ३० प्रतिशत बस्तीहरुमा मात्रै विद्युतीकरण

हाल सम्म दार्चुला जिल्ला भरि ३० प्रतिशत क्षेत्रमा मात्रै विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी कुलदिप सदाको भनाई छ । आन्दोलन भइरहेको क्षेत्रमा स्थानियहरु संग छलफलका लागि त्यसतर्फ गइरहेको उहाँको भनाई छ । आन्दोनरत पक्षसंग छलफल गर्नका लागि जिल्ला समन्वय समिति तथा विद्युतको टोली त्यस क्षेत्र तर्फ गएको र विद्युत सुचारुका लागि छलफल गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको भनाई छ ।

यो पनि पढ्नुहोसः विद्युतीकरणको माग गर्दै दार्चुलाको विद्युत लाईन काटियो