लुटिँदैछ देशको सीमा

0
897

लक्ष्मी बडाल ।

वीर हरुले आर्जेको देश लूटिदैछ सरकार
नेपालको मुटु कालापानी छुटिदैछ सरकार
सीमानाका पिल्लरहरु सार्दैगए बिस्तारवादी
कालीनदीको मुहान मानिने त्यो सीमा झुिटदैछ सरकार

भारतीय बिस्तारवादीले देशको सीमा मिचेपछी
किन मिच्योउ सीमा भन्दा जनता कुटिदैछ सरकार
कहिले सम्म कानमा तेल हाली बस्छोउ अब
अमुल्य जडिबुटी फल्ने लिपुलेक चुडिदैछ सरकार

निरस भए जनता अब सान्तिको सास फेर्न पाएनौ भनि
नेतृत्व प्रतिको आसा बिस्वास टुटिदैछ सरकार
रुदै छन रे नेपाल आमा मलाई बचाउ भन्दै                                                                            बिरहरुको त्यो इतिहास झुटिदैछ सरकार ।