कानुन मन्त्री बडुको घरमा विप्लवको कालो झण्डा

0
661

दार्चुला, फागुन १२ गते ।

नेपाल सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको गृह जिल्ला दार्चुला सदरमुकाम स्थित घरमा नेकपा विप्लवका कार्यकर्ताहरुले कालो झण्डा र व्यानर टागेका छन् ।

एमसिसिको विरोधमा मन्त्री बडुको घरमा विहिबार कालो झण्डा र व्यानर टागेको नेपाल कम्युनिष्ट पार्टी ( विप्लव) दार्चुलाका सचिव भरत मल्लले बताउनुभयो । मन्त्री बडुको दार्चुला सदरमुकाम स्थित महाकाली नगरपालिका वडा नं ५ नमस्कारमा रहेको घरमा कालो व्यानर र झण्डा टागेर एमसिसिको विरोध गरेको उहाँले बताउनुभयो ।

कालो व्यानरमा दलाल मन्त्री मुर्दाबाद, एमसिसि खारेज गर लगायतका नारा लेखिएको छ ।

विप्लवका कार्यकर्ताहरुले मन्त्री बडुको घरमा गरेको उक्त क्रियाकलापबारे प्रहरी बेखबर रहेको छ । त्यस सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनुभयो ।

विप्लवका कार्यकर्ताहरुले विहिबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसिको विरोधमा प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुला नजिक कार्यकर्ताहरुले विरोध प्रर्दशन गरेका छन् । शान्तिपुर्वक प्रर्दशन गरि खलंगा बजारमा एमसिसि विरुद्ध नाराबाजी गरिएको मल्लले बताउनुभयो ।