लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न माग गर्दै जनगणना कार्यालयमा विप्लव कार्यकर्ताद्धारा तालाबन्दी

0
958

दार्चुला, कार्तिक १२ गते ।
भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका गाउँहरुमा जनगणना गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ताहरुले जनगणना कार्यालय दार्चुलामा शुक्रबार तालाबन्दि गरेका छन् ।

दिउसो १ बजेतिर कार्यालयमा पुगेका तीन जना विप्लव कार्यकर्ताहरुले तालाबन्दी गरेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।
विप्लवका कार्यकर्ता हौ, नयाँ नक्सामा समेटिएको क्षेत्रमा जनगणना बारे घाममा बसेर कुराकानी गर्न भनेर कार्यालय बाहिर बोलाए कार्यालय प्रमुख पाण्डे भर्ने एक जनाले कुरा गर्न थाल्यो, दुईजनाले कार्यालयमा ताला लगाउन थाले साथै अफिसको बोर्डमा कालो झण्डा पनि राखेर गए’ ।
तालाबन्दी गरेपछि प्रशासन र प्रहरीलाई जानकारी गराएको उहाँले बताउनुभयो । प्रहरी टोली जनगणना कार्यालयमा गएर केहि छिनमै ताला तोडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुस्कर सिह ऐरिले जानकारी दिए । तालाबन्दी गर्ने ब्यक्तिहरुको खोजी भइरहेको उहाँको भनाई छ ।
तालाबन्दी पछि नेपाल कम्युनिष्ट पार्टी विप्लव दार्चुलाका सचिव भरत मल्लले विज्ञप्ती जारी गरि नयाँ नक्सामा समेटिएको भु–भागमा जनगणना गर्र्न छुटाए अझैँ कडा संघर्षका कार्यक्रम गरिने बताएका छन् ।
भारतले अतिक्रमण गरेको उक्त क्षेत्रका गाउँहरु गुञ्जी, नाभि र कुटिमा नेपालको प्रशासनिक अधिकार कायम नभए सम्म जनगणना गर्न सकिने अवस्था नरहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाई छ ।