लागु औषध रोकथाम सम्बन्धी प्रहरीद्धारा विद्यार्थीहरुलाई प्रशिक्षण

0
801
लागु औषध रोकथाम सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै प्रहरी

दार्चुला, चैत्र ६ गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा लागु औषध तथा दुर्ब्यसनि सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत शुक्रबार महाकाली नगरपालिका वडा नं ७ धापमा रहेको मालिकार्जुन नमुना मावि धापमा प्रशिक्षण कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाबा प्रहरी निरीक्षक पुस्कर सिह ऐरीको कमाण्डमा खटिएको टोलीले नमुना मावि धापका विद्यार्थीहरुलाई लागु औषध दुर्ब्यसनिको परिणामका विषयमा जानकारी गराइएको हो । विद्यार्थीहरुलाई पढाउदै प्रहरी निरीक्षक ऐरिले लागु औषधको रोकथाम तथा कानुनी ब्यवस्था लगायतका विषयमा जानकारी गराउनुभएको छ । विद्यालयका प्रधानाध्यापक सुन्दर सिह बुढाथोकीको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका शिक्षक, कक्षा १०, ११ र १२ का विद्यार्थीहरु लगायतको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला प्रहरी प्रमुखको रुपमा डिएसपी मनोहर प्रसाद भट्ट आएपछि जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सक्रिय भएको छ ।