प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिम

0
953

दार्चुला, चैत्र ७ गते ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड दार्चुलाले शनिबार दार्चुला सदरमुकाम खलंगामा अभिकर्ता तालिम आयोजना गरेको छ ।

कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख किसन सिह हमालको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा कम्पनीका कञ्चनपुर शाखा प्रमुख बिर बहादुर महरा र बैतडी उपशाखा प्रमुख प्रकाश भट्ट अतिथि रहनुभएको थियो । तालिममा अभिकर्ताहरुलाई विमा कम्पनीका विभिन्न योजनाहरुको बारेमा जानकारी गराइएको छ । गत आर्थिक बर्षमा र यस आर्थिक बर्षमा कम्पनीको कारोबारमा योगदान गर्ने अभिकर्ताहरुलाई सम्मान पनि गरिएको छ । सम्मान प्राप्त गर्नेमा एजेन्सी म्यानेजर इन्द्रदेब पन्त, चन्द्र दत्त अवस्थी, ममता अवस्थी, रेखा जोशी, लक्ष्मी कुमारी भट्ट, दिपक कुमार शाह, विरा दत्त भट्ट, राजेन्द्र सिह ठगुन्ना पार्वती कुवर र ज्ञानेन्द्र सिह धामी रहेका छन् । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी दार्चुलाका प्रमुख नारायण सिह ठगुन्नाले सञ्चालमा गरेको कार्यक्रममा प्रदेश प्रमुख हमाल र कञ्चनपुर शाखा प्रमुख महराले अभिकर्ताहरुलाई तालिम दिएका थिए । तालिममा दार्चुला उपशाखाका कर्मचारी जयन्ती भट्ट लगायत ३० जना भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको दार्चुला उपशाखा प्रमुख ठगुन्नाले जानकारी दिनुभएको छ ।