पुर्चाैडीमा १० लाख लागतको बसपार्क निर्माण गरिदै

0
1023

बैतडी, चैत्र ६ गते ।
बैतडीको पुर्चाैडी नगरपालिकामा १० लाख लागतमा बसपार्क निर्माण कार्य भइरहेको छ ।
नगरपालिकाको लगानीमा पुर्चाैडी नगरपालिका वडा नम्बर ८ मल्लादेहीमा बसपार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बसपार्क निर्माणका लागि २० लाख बजेट विनियोजन गरेको थियो ।


बसपार्क निर्माण गर्ने कार्य ठेक्का प्रक्रिया मार्फत् गर्ने टुंगो लागेपछि १० लाख बजेटमा बसपार्क बन्ने भएको हो । घटाघटीमा गएपछि राजधानी कन्स्ट्रक्सन प्रालिले बसपार्क निर्माणको जिम्मेवारी पाएको हो ।
राजधानी कन्स्ट्रक्स प्रालिका ठेकेदार बिरेन्द्र सिंह धामीका अनुसार १० लाख ३६ हजार ९ सय ८१ रुपैयाँमा बसपार्क निर्माण गर्ने सम्झौता भएको हो । यसअघि वडा नम्बर ७ मा गीर्जा बगडमा रहेको खाली जग्गामा बसपार्कको रुपमा प्रयोग गरिदै आएपनि अब भने व्यवस्थित बसपार्क निर्माण गर्न लागिएकाले सवारी साधन तथा यात्रुहरुलाई समेत सहज हुने छ ।