रोयल पस्तीले जित्यो प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि

0
337

 

दार्चुला, भदौ २४ गते ।
मालिकार्जुन गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोयल पस्तीले जितेको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर ८ मा रहेको शंकरपुर माविको खेल मैदानमा शुक्रबार सम्पन्न भएको फाइनलमा रोयल पस्तीले उकुलाई ६ रनले पराजित गर्दै प्रथम अध्यक्ष कप हात पारेको हो । पहिले व्याटिङ गरेको रोयल पस्तीले निर्धारित १५ ओभर अगावै १३.५ ओभरमा अलआउट हुदै ११७ रनको योगफल तयार गरेको थियो । १ सय १८ रनको विजय लक्ष्य पाएको उकुले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रन मात्रै बनाउन सकेको आयोजकले जनाएको छ ।प्रथम अध्यक्ष कपमा उत्कृष्ट व्याटिङ गरेका रोयल पस्तीका खेलाडी विनोद धामी मैनअफद सिरिज घोषित भएका छन् । प्रतियोगिताको उपाधी हात पार्ने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँ कप मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको टिमले २५ हजार ५सय ५५ रुपैयाँ नगद कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर ५ का वडाअध्यक्ष एवं मालिकार्जुन गाउँपालिका प्रवक्ता मदनबहादुर चन्दले पुरुस्कार वितरण गरेको आयोजकले जनाएको छ । सुदुरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको अवसरमा भाद्र १८ गते उद्घाटन गरिएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।