रुघाको उपचार गर्न जिल्ला अस्पताल पुगेका विरामीलाई कोरोना पुष्टि

0
591

दार्चुला, बैशाख १६ गते ।
दार्चुलामा थप एक जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

रुघा लागेर उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुगेका एक जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एबं सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिनुभयो । नौगाड गाउँपालिका २ का ३१ बर्षिय एक जना पुरुष रुघाको उपचारका लागि आज जिल्ला अस्पताल पुगेका थिए । कोरोनाको शंका लागेर एन्टीजन परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका ब्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो । दोस्रो लहरमा कोरोना संक्रण पुष्टि भएका ६ जनालाई  जिल्ला अस्पताल दार्चुलामा आइसोलेसनमा राखिएको छ । ६ मध्ये एक जनालाई अक्सिजन दिएर उपचार भइरहेको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।