राजसंस्था पुर्नस्थापनाको माग गर्दै दार्चुला सदरमुकाममा राप्रपाले प्रदर्शन गर्ने

0
1032

दार्चुला, मंसिर २५ गते ।

हिन्दु राष्ट्र र राज संस्था पुर्नस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दार्चुला सदरमुकाम खलंगामा प्रर्दशन गर्ने भएको छ ।
देशभरका मुख्य सहरहरुमा राजाबादीहरुको प्रर्दशन भइरहेका बेला राज संस्थाको पुनस्थापनाका लागि राप्रपा दार्चुलाले सदरमुकाम खलंगामा मंसीर ३० गते प्रर्दशन गर्ने प्रबत्ता अमर पुरुषले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा दार्चुलाका अध्यक्ष विर सिह बडालको अध्यक्षतामा विहिबार बसेको  बैठकले मंसीर ३० गते राप्रपाको चुनाव चिन्ह हलो अनावरण गर्ने तथा हिन्दुराष्ट्र पुनस्थापनाको माग गर्दै खलंगा बजारमा प्रदर्शन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।