कर्मचारीमा कोरोना देखिएपछि लेकम गाउँपालिकाको कार्यालय बन्द

0
783

दार्चुला, मंसिर २६ गते । लेकम गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुदाँ एक हप्ता सम्म गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले समुदाय स्तरमा कोरोना फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सात दिन सम्म कार्यालयबाट हुने सेवा प्रवाह बन्द गर्न गाउँपालिकाले प्रशासनलाई अनुरोध गरेको थियो । सोहि अनुसार शुक्रबार साझँ सात बजे देखि लागु हुने गरि सात दिन सम्म लेकम गाउँपालिका कार्यालयको सेवा प्रवाह बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । कोरोना परिक्षण गर्दा एक जना स्थानिय शिक्षक र गाउँपालिकाका कर्मचारीमा कोरोना पुष्टि भएको लेकम गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै स्थानिय प्रशासन ऐन २०२८ र संक्रामक रोक ऐन २०२० अनुसार लेकम गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवा र कार्यहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।